Thursday, October 30, 2014

५. दुवै हात बरोबर चल्नेहरु


 दुवै हात बरोबर चल्नेहरु 
यस्तो पनि सुनिन्छ कि नेपोलियन बोनापार्ट दुवै हातले एक साथ लेख्न सक्थे यहाँसम्मन् कि एउटा पत्र प्रेमिकालाई  अर्को आमालाई  यो भनाइ सतप्रतिशत सहीहोस् नहोस् उनी सर्वशक्तिमान बन्नुको पछाडी कुनै रहस्यमही कारणहरू अवश्यछन्  किनभने फ्रान्सको एउटा सानो द्व्रीप कोर्सिकामा जन्मेका यिनी गाँउले बालकले संसार जो हल्लाउन सफल भएका थिए  ती कारण मध्ये एउटा हो दुवै हातले एक साथ लेख्नसक्नुकतिपय विज्ञानहरूको ठम्याइ यही हो 
यसकुरालाई पुष्ट्याइँ दिन मस्तिष्क विज्ञानमाथि गौर गरौं  हाम्रो मस्तिष्क दुई गोलार्धमा विभाजित छन् दायाँ  बाँया  दायाँकोे काम भावनाकल्पनासपना  अन्तर्बोध हो भने बाँया– विचारतर्कगणित आदि  अर्को शब्दमा भन्नुपर्दा दायाँ मस्तिष्कमा अपार शक्ति हुन्छ तर तर्कबुद्धि हुँदैन त्यसकारण यो शक्तिशाली भएर पनि अधुरो   त्यस्तै बाँया मस्तिष्कमा शुद्धिबुद्धि भएर पनि शक्ति हुँदैन अतः यो कमजोर   दायाँ हात चलाउँदा बाँया मस्तिष्क प्रायः चल्छ भने बाँया हात चलाउँदा दायाँ मस्तिष्क चल्छ  त्यस्तै दायाँ मस्तिष्कले कलाको प्रतिनिधि गर्छ भने बाँयाले विज्ञानको  अतः यी दुवै मस्तिष्क एक साथ चलेमा अपार शक्ति एवं बुद्धिको जन्म हुने देखिन्छ  त्यसैले कन्फुसियसजस्ता शब्दप्रधान दार्शनिकले पनि नियमित संगीतसाधना गरी आफ्ना दुवै मस्तिष्क चलाउन भ्याएको देखिन्छ भने आइन्स्टाइन जस्ता गणितज्ञले पनि भ्वाईलिन  कल्पनाको सहारालिई आफ्नो दुवै मस्तिष्क चलाउँदै आएको प्रष्टिन्छ  त्यसैले दुवै मस्तिष्क एक साथ चलाउन दुवै हातले बरोबर काम गर्न सक्ने क्षमताको विकास गरे पुग्ने देखिन्छ  
यसै प्रसंगमा इतिहासका सबभन्दा बहुमुखि प्रतिभावान् दुई व्यक्ति साक्षी राख्न सकिन्छएक हो लिओ नार्दो दा भिन्ची  माइकेल एन्जेलो  दा भिन्ची चित्रकारदेखि मूर्तिकारकविवैज्ञानिकइन्जिनियर आदि थिए  त्यस्तै उनले संसारकै सबभन्दा प्रसिद्ध चित्र मोनालिसा बनाएका थिए भने माइकेल एन्जेलोले संसारकै सबभन्दा प्रसिद्ध मूर्ति डेभिड बनाउन भ्याएका थिए  उनी मूतिकारचित्रकार आर्किहेक्ट तथा कविसमेत थिए  यसलाई विज्ञान भनुँ वा संयोग दुवै हातले लेख्न सक्ने क्षमताभएका व्यक्तिहरू,  जसलाई अंग्रेजीमा एम्बी डेक्सट्रस भनिन्छ  अतः कलाकारले आफ्नो जीवनमा विज्ञान  वैज्ञानिकले कला जोडेर अत्यन्त महानता हासिल गर्न सक्ने देखियो अर्थात् भाव प्रधान मान्छ्ले आफ्नो जीवनमा बौद्धिक अभ्यास गरेर  बुद्धिप्रधान मान्छेले आफ्नो जीवनमा भावलाई स्थान दिएर अथवा दुवै हात उत्तिकै चलाउनाले पनि महान प्रतिभा जन्मिने देखियो

४.लक्ष्य–निर्धारण


                         लक्ष्य–निर्धारण      

 
 मनोक्रान्ति केन्द्र
लक्ष्य–निर्धारणले जादूको जस्तो काम गर्छ, अर्थात् अविश्वसनीय काम । जोन गोडार्डले
सुने–“जे–जे लक्ष्य लेखेर राखिन्छ ती लक्ष्य एक न एक दिन पूरा भइ छाड्छ, मात्र यसप्रति आपूm समर्पित हुनु पर्छ” । उनी उत्साहित भए । हत्त–न–पत्त डायरीमा
लेखे– जीवनभरीमा गर्न मन लागेका सबै कुरा, बुँदेवार, जम्मा–जम्मी १२७ वटा । पछि त्यसलाई ठूलो कागजमा, ठूलै अक्षरले लेखेर आपूm सुत्ने कोठाको भित्तामैं टाँसेर राखे, उठ्नासाथ आँखाले देख्ने गरी । अचम्मको कुरा अहिले उनी बूढा भैसकेका छन् र उनका झण्डै सवै अर्थात् १०९वटा लक्ष्य खेली–खेली पूरा भैसकेका छन् । योभन्दा पनि उदेक लाग्दो कुरा–उनी गोहीको मुखैमा पर्दा–पर्दै पनि जोगिए, अझ उनी एबिलभ क्रासमा परेर पनि बाँच्न सफल भए ! किन होला ? किनभने उनलाई आफ्ना लक्ष्य पूरा गर्न अझै बाँच्नु थियो र त उनी बाँचिरहे । यस्तै उनलाई २० औँ सताब्दीमैं क्यान्सर भैसकेको थियो तर उनले २१ सताब्दी हेर्ने लक्ष्य लेखे र उनी अभैm जीवितै छन् ! लक्ष्य निर्धारित भए काललाई समेत पछि ढकेल्न सक्ने यो भन्दा ठूलो अरू उदाहरण के पो होला ?
प्रसंग फेरौं – टेक्नोलोजीका जिजस अथवा आइन्स्टान, पछिका महान व्यक्तित्व मानिने स्टिभ जब्सकै कुरा गरौं । उनले छोएका उचाइ एउटा युगमा एकाधले मात्र छुन सक्छ अर्थात् उनी अद्वितीय छन् । तर उनी कुनै बेला बिग्रेका केटा थिए अर्थात लागू पदार्थको सेवनमा मस्त रहन्थे । अधिकांश मान्छे यस लतमा परिसकेपछि उठ्ने कुरा त परै जाओस् सामान्य मान्छे भएर बाँच्नसमेत सक्दैन्न । यस्तो कटु यथार्थलाई चिरेर उनी आफ्नो युगका सूर्य हुन कसरी पो सफल भए होलान् ? जवाफ प्रष्ट छ । लक्ष्य निर्धारण ।
जब्स आमा–बाबाबाट त्यागिएका छोरा । जबदेखि उनले यो कुरा थाहा पाए उनलाई ठूलो मान्छे बनेर देखाइ दिने झोंक चल्यो । त्यसबेला नै उनले संकल्प गरे । “म महान भएर देखाइ दिन्छु ताकि मेरा जन्मदिने आमा–बाबाले मलाई खोज्न आउन् । ठूलो मान्छे हुने उनको लक्ष्य रह्यो । र त नशा सेवनमा झुली रहँदासमेत प्रष्ट लक्ष्यले उनलाई नशाको दल–दलबाट बाहिर जगतको प्रकाशमा ल्याई छाड्यो । उनकै शब्दमा–“लागू औषध खाए पनि मेरो ध्यान महान चीज सिर्जना गर्ने तर्फ नै जान्थ्यो । जीवनमा केही नगरी कसरी मरुँ भन्ने सोच आइ रहन्थ्यो” । धन्य लक्ष्य निर्धारण ।

३.सफलता र सिद्धान्त

सफलता र सिद्धान्त

                   सफलता र सिद्धान्त


प्पल कम्पनीले संसारकै सबभन्दा अनौठो एवं सुन्दर कम्प्युटर निर्माण गर्छ ।
– संसारकै सबैभन्दा बढी व्यापार गरी पैसा कमाउने सफल कम्पनी पनि एप्पल नै हो । सबैलाई पछाडी पार्दै अगाडि आउने एप्पलको निर्णायक शक्ति के होला ? भन्न परोइन विचार अर्थात् दार्शनिक–सिद्धान्त र त्यसलाई कडाइका साथ पालना गर्ने–गराउने लिडर स्टिभ जब्स ।
एप्पलको तीन दर्शन–सिद्धान्त हुन्
१) ग्राहकको पूर्ण संन्तुष्टिको पहल
२) विचारको केन्द्रिकरण र
३) इम्प्युट अर्थात् कलात्मक एवं दरिलो प्रस्तुति ।
पहिलो सिद्धान्तको सम्बन्धमा जब्सको अरूको भन्दा भिन्नै धारणा छ । अरू भन्छन् । ग्राहकले खोजेजस्तो सामान पस्कन सक्नु व्यापारीको सफलता हो । उनी भन्छन् –ग्राहकले खोजेको जस्तो होइन, आफुले जानेको जस्तो सर्वोत्कृष्ठ कुरा दिएर ग्राहकलाई धन्य तुल्याउनु सक्नु व्यापारीको सफलता हो । यसै प्रसंगलाई मध्य नजर राखी उनले हेनरी फोर्डको कुरा कोट्याएका छन् –एकपल्ट फोर्डले भनेका थिए यदि ग्राहकलाई तपार्इंलाई कस्तो वाहन चाहियो भनि सोधियो. भने उसले सबभन्दा छिटो कुड्ने घोडा माग्छ, किनभने (गाडीको अविष्कारअघि) घोडा बाहेक अरू वाहन  पनि हुनसक्ने कुरा ग्राहकलाई थाहा हुँदैन, त्यो त आविष्कार गरेर प्रस्तुत गरेपछि मात्र उसले खोज्छ । त्यसैले जब्स भन्छन्– सम्पति कमाउन मात्र कम्पनी स्थापना गर्नु हुँदैन कम्पनी त सर्वसाधारणको जीवन परिवर्तन गर्न स्थापना गर्नु पर्दछ, अतः अरूको उन्नति नै आफ्नो उन्नतिको पहिलो आधारशीला हो ।
दोस्रो सिद्धान्तः केन्द्रिकृत हुनु । कुनै पनि काम गर्दा फाइदा र बेफाइदा दुवै हुन्छ । असफल हुने मान्छेले बेफाइदा–माथि बढी नै ध्यान दिन्छ भने सफल मान्छेले फाइदामा । स्टिभ भन्छन् राम्रो परिणाम ल्याउने नै हो भने केन्द्रिकृत नै हुनु पर्छ र अनावश्यक नकारात्मक संभावनातिर ध्यान दिनै हुँदैन । उदाहरण –दुई जना कैदी झ्यालबाट बाहिर चियाउँछन् । परिणामस्वरूप एकजना खुसी हुन्छ र अर्को दुःखी । किनभने एउटाले आकाशका झिल्मिल तारामा ध्यान केन्द्रित ग¥यो र अर्कोले सडकमा फालिएका फोहोरमा । त्यसैले सुख र दुःखजस्तै सफलता र असफलता पनि दृष्टिकोणकै परिणाम हुन् । अतः सकारात्मक पक्षमा मात्र ध्यान दिई अगाडि बढ्नु सफलताको अर्को पक्ष हो । अन्तिम सिद्धान्त– इम्प्युट अर्थात् थप आकर्षक, कलात्मक एवं व्यावहारीक बनाउनु । जस्तै हामीले पकाएको तरकारी स्वादिष्ट भएर मात्र पुग्दैन हेर्दै खाउँ–खाउँ जस्तो लाग्नु पर्दछ । अनि मात्र त्यो व्यावसायिक बन्छ र त्यसमा थप पौष्टिकता पनि जोडी ग्राहकलाई दीर्घ कालीक फाइदा समेत पु¥याउनु पर्दछ । यही इम्प्युट हो । अतः राम्रै कुरालाई पनि कलात्मक रूपमा प्रस्तुत गर्न सक्नु नै सफलताको तेस्रो पक्ष हो । यिनै दार्शनिक सिद्धान्तका सन्तान हो –एप्पलको सफलता ।

२ . प्रश्नको तागत


. प्रश्नको  तागत 
  स्टाण्डफोर्ड विश्वविद्यालयले गरेको एउटा अनुसन्धानको नतीजाअनुसार कुरा गर्ने हो भने सामान्यमान्छेले आफनो मस्तिष्कको प्रतिशतमात्र प्रयोगमा ल्याइरहेका छन् उनीहरू सामान्य बनेका हुन् यस्तै एउटा रिपोर्टअनुसार आइन्स्टाइनको मस्तिष्क भने १२१३ प्रतिशत प्रयोगमा आएका हुन् त्यसैले सामान्यमान्छे भन्दाभिन्न भई उनी युगपुरुष बन्न सफल भएका अरे
प्रस्टै देखिने कुरामस्तिष्कका दुई गोलार्ध छन् तर यी दुवै गोलार्धको कार्यप्रणाली क्षमता भिन्ना भिन्नै भएको कुरा भने नोबल पुरुष्कार विजेता अमेरिकी न्यूरोलोजिष्ट डा. रोजर स्पेरीले पत्तालगाएका हुन् उनैले पत्तालगाएअनुसार दाँया मस्तिष्क कलाप्रधान हुन्छ भने बायाँ तर्कप्रधान अर्को शब्दमा भनुपर्दा दायाँ मस्तिष्क भाव प्रधान हुन्छ भने बाँया विचारप्रधान , हाम्रो नियन्त्रण दायाँ मस्तिष्कमाथि विरलै भएको पाइन्छ जहाँसम्म विचारको कुरा अर्थात् बाँया मस्तिष्कको कुरा त्यसमा पनि हाम्रो  पकड दुई प्रतिशत भएको माथिनै उल्लेख भइसकेको , विचारप्रधान मस्तिष्कमाथि नियन्त्रण नभइकन भावप्रधान मस्तिष्क (जुन ९० प्रतिशत शक्ति ओगटेर बसेको ) माथि नियन्त्रण संभव देखिंदैन दायाँबाँया दुवै मस्तिष्कमाथि नियन्त्रण नभईकन महा पुरुषको जन्म पनि भएको पाईदैन अतः बाँया मस्तिष्कमाथि पूर्ण नियन्त्रण गर्ने बाटो के होला ? किनकि यस प्रश्नको जवाफसितै महा पुरुष बन्ने बाटो जो खुल्ले देखिन्छ
पछिल्लो समयमा विभिन्न देशका वैज्ञानिकहरूले निर्विवादरूपमा एउटा के कुरा ठम्याउन भ्याएका छन् भने सबै जसो जिनियसमान्छेहरू सानैदेखि हरेक कुरामाथि प्रश्न गर्थे गर्छन् यही बारम्बार प्रश्न गर्ने, कुराको चित्तबुझ्दो जवाफ नपाएसम्म प्रश्न जारीराख्नाले बाँया मस्तिष्कको पूर्ण विकास भएको देखियो अर्को शब्दमा भनुपर्दा कुनै पनि उत्तरबाट तबसम्म चित्त नबुझाउनु जबसम्म तथ्य पत्ता लाग्दैन
इतिहास साक्षी यूरोपमा पध्रौंसोह्रो शताब्दीलाई पुनर्जागरण काल भनिन्छ
यहीबाट विज्ञान, कला साहित्य सबै विद्याले फड्को मारेका हुन् यसको श्रेय जान्छ प्रश्नप्रत्तिप्रश्न जारी राख्दै खोज अनुसन्धान गर्ने  ताकतलाई प्रसंगवश इतिहासकै सबभन्दा बहुमुखी प्रतिभावान् मानिएका लिओ नार्डो दा भिन्चिकै कुरा कोट्याऔँ त्यत्रो अभूतपूर्ण प्रतिभा उनमा  कहाँबाट पलायो ? त्यही प्रश्न जारी राख्ने ताकत उनी अध्यापकहरुसित यसरी प्रश्नमाथि प्रश्न सोध्थेकि टिचरहरु नाजवाफ हुन्थे
पछि दा भिन्चिले आपूmभित्रको महानप्रत्तिभा विस्फोट गराउने सात अत्यन्त महत्वपूर्णसूत्रहरू छोडेर गए जुन हाउ टू थिंक लाइक लिओ नार्डो दा भिन्चि भन्ने पुस्तकमा समाहित छन् ती सफलताका सात स्वर्णीम सूत्रमा पनि सबभन्दा महत्वपूर्ण होप्रश्न गर्ने बानीको विकास       

१ महानताका सूत्र


 महानताका सूत्र 
चिनीयाँ समाजमा लाओत्सु बुद्धले भन्दा बढी प्रभाव छोड्न सफल मान्छे हुन्कन्फुसियस उनी यति महान् कसरी भए ? भन्ने जिज्ञासा सहजै जाग्दो हो मोटामोटी रूपमा कोट्याउँदा कुरा भेटिन्छन्
) उनका बुबा ७० वर्ष भएपछि तरूणी श्रीमतिबाट उनी जन्मेका थिए
) उनी हरदम अध्ययनअनुसन्धानमा व्यस्त रहन्थे
) उनी संगीतमा डुेबर तनाव मुक्त हुन्थे
पछिल्लो समयमा महान् व्यक्तित्वको बारेमा वैज्ञानिकहरूले के पत्ता लगाउन भ्याए भनेसबै जसो महापुरूषहरू बाबु ४० वर्ष कटेपछि आमा २५ वर्ष कटेपछि जन्मेका हुन्
भन्नु पर्दैन, बाबाआमा जति प्रौढ हुँदै जान्छन्, त्यति नै उनीहरुका अनुभव ज्ञान पनि बढ्दै जान्छ , यी अनुभवजन्य ज्ञानहरू उनीहरूको जिन्सद्वारा छोराछोरीमा सारिन्छन् त्यसैले देख्नमा के आउँछ भनेजेठा, माइलाभन्दा कान्छाकान्छी बढी चलाख हुन्छन् अतः प्रौढ आमाबाबाबाट जन्मेका कन्फुसियसले पनि जन्मजात ज्ञानगुण बाकेर आए भन्न करै लाग्छ , यस कुराबाट हाम्रो पुस्ताले प्रेरणा लिएर प्रयोगमा उतार्न सक्छ
प्रसंग बदलौँ, वैज्ञानिकहरू झण्डै सय वर्षदेखि अत्यन्त सफल हुने मान्छेको विशेषताबारे खोजी गर्दै आइरहेका देखिन्छन् सफल हुने सबै मान्छेको एउटा विशेषता निर्विवाद रूपमा आएको देखिन्छ त्यो होअध्ययनशीलता उनीहरू सानै उमेरदेखि आफ्नो विषयवस्तुमा केन्द्रीत रही जिन्दगीभर अध्ययन अुनसन्धान चालू राख्छन् यहाँनेर विश्वविख्यात चिनीयाँ भनाइ सार्थक हुन आउँछकोक्रोदेखि कात्रोसम्म पुग्दा पनि ज्ञानको खोजी जारी राख यो भनाइको मूर्त रूप हुन्कन्फुसियस पछिल्लो समयमा अन्वेषकहरूले ठोकेरै भनेका छन्रीडर्स आर लीडर्स अर्थात् पढुवा नै अगुवा हुन् भन्न पर्दैन, कन्फुसियस चिनीयाँ समाजका कालजयी अगुवा बनेका छन्

कन्फुसियसलाई यत्रो उचाइ प्रदान गर्ने अर्काे खम्बा हो, उनको संगीतप्रेम आफ्नै आमाको उत्प्रेरणाबाट उनी संगीत क्षेत्रमा आएका हुन्् जबजब दिमाग विचार कर्मको बोझबाट थाक्छ, मान्छे त्यसबाट भाग्न जाँडरक्सीदेखि नकारात्मक कुराको साहारा लिन्छ पतन हुन्छ तर, कन्फुसियसले यस दुष्प्रभावबाट बच्न संगीतको सहारा लिए जुन एक किसिमको ध्यानसाधन नै हो उनले भन्न भ्याएका छन् कि, संगीतमा डुब्नुबाट यस्तो आनन्द जन्मिन्छ, जुन अरू कुनै सांसारिक कुराबाट सम्भवै छैन