Monday, November 24, 2014

प्रेरक शब्दको जाँदु

प्रेरक शब्दको जाँदु
 
एल्विस प्रिस्ले
एल्विस प्रिस्ले त्यो नाम हो जसले संगित जगतमा निक्कै ठूलो तहल्का मच्चाएको थियो । उनले गित गाएरै अपूर्व नाम र दाम कमाउन सफल भएका थिए । उनलाई आज पनि 'रक एण्ड रोल' संगीतको बादशाह भनेर चिनिन्छ । एल्विस प्रिस्लेलाई सफलताको त्यो भव्य उचाइसम्म पुर्याउनका लागि उनकी आमाले बोलेको प्रेरक शब्दले महत्वपूर्ण भुमिका खेलेको थियो ।

उनी सानो छँदा, उनको जन्मदिनको अवसरमा उनका आमाले उनलाई गितार उपहारस्वरूप दिन्छिन् र भन्छिन् 'बाबु तिमी सामान्य मान्छे होइनौ । तिमीमा त्यो खुबी छ जसले तिमीलाई प्रख्यात बनाउन सक्छ ।'

उनकी आमाले बोलेका यी शब्दहरूले उनको हृदयमा यती प्रेरणा भर्यो कि उनले त्यसलाई जीवनभर सम्झिरहे । यी शब्दहरूले उनलाई त्यो विश्वास दिलायो जसको आधारमा टेकेर उनी विश्वविख्यात बन्न सके ।



ती शब्दहरूमा जाँदु लुकेको हुन्छ जसले हृदयलाई छुन सक्दछन् । प्रेरणाका दुई शब्दहरूनै जीवन बदल्नका लागि काफी हुन्छ जसको शसक्त उदाहरण हुन् एल्विस प्रिस्ले । यसर्थ आफ्ना नजिकका लाई प्रोत्साहित गर्न कहिल्यै नचुकौ ।

हरेश नखानुहोस्

हरेश नखानुहोस्
'म प्रायः बेन्चमा सुत्ने गर्थे । मैले फिल्म सिटी पुग्न साथीसँग २० रूपैया सापटी माग्नुपरेको थियो ।' - शाहरूख खान

'सेकेण्डरी स्कूल पढ्दा म बास्केटबल टिमबाट निकालिएको थिए ।' - माइकल जोर्डन

'अल इण्डिया रेडियोमा धोद्रो स्वर भएको भनि मलाई जागिर दिइएको थिएन ।' - अमिताभ बच्चन

'म विदेशमा पेट्रोल पम्पमा नोकरी गर्दथे ।' - धिरूभाइ अम्बानी

'म सानोमा भकभके थिए ।' - टम क्रुज

'नौ वर्षको उमेरमा मलाई बलत्कार गरिएको थियो ।' - वप्रा विन्फ्रे

'मेरा शिक्षकहरू मलाई सधै एक असफल विद्यार्थीको रूपमा सम्बोधन गर्दथे ।' - टोनी ब्लेएर

'म तिस वर्षको उमेरसम्म गाडीको कन्डक्टर थिए ।' - रजनीकान्त

थाहा छ ? शाहरूख बलिउडका किङ खान हुन् । माइकल जोर्डान बास्केटबलका हिरो कहलाउछन् । अमिताभ बच्चन बलिउडका महानायक हुन । धिरूभाइ भारतका ठूला धनाढ्य भित्र पर्दछन् । वप्रा विन्फ्रे सर्वाधिक चर्चित कार्यक्रम प्रस्तोता हुन् । टम क्रुज हलिउडका सर्वाधिक चर्चित नायक हुन्....

यो लिस्ट अझै लामो छ । यस्तो कोही पनि सफल व्यक्ति छैनन् जसले विना संघर्ष सफलता हासिल गरेको होस् । मित्र, चाप र ताप पाए मात्र कोइला हिरा बन्ने हो, अध्यारो रात चिरेरनै उज्यालो आउने हो । मैले जती गरेपनि केही हुनेवाला छैन भनी कहिल्यै नसोच्नुहोला, संघर्षले जीन्दगीमा जाँदु भरिदिन्छ । आज चिया बेच्ने केटो भोली राष्ट्रको प्रधानमन्त्री बन्नसक्छ, जस्तो नरेन्द्र मोदी । यसर्थ हरेश नखानुहोस्, हार नमान्नुहोस्, लागि परिरहनुहोस् सफलता तपाईलाई नै चुम्न आइपुग्नेछ 

तिम्रो सफलताको बाधक

तिम्रो सफलताको बाधक

* तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।

* तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।

* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।

* तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन, स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।

* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।

* तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।

तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो....। तिमी सिवाय यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो ताकत छैन ।

Thursday, November 6, 2014

जीवनमा सफलता पाउनु छ भने अपनाउनुस् यी वास्तुटिप्स

बास्तोला, १५ वर्षे कोलकाता बसाइँ पछि आफ्ना श्रीमान् र छोरीसँगै अबका दिन नेपालमा नै बिताउन सोच बनाएर फर्केकी छिन् । कोलकातामा रहँदा आफूले गर्न चाहेको कुनै पनि कुरामा सफलता नमिल्दा तनावमा परेकी उनले यसको कारण जान्न इच्छा जाहेर गरिन् । कसैले उनलाई वास्तुशास्त्रको प्रभावले यस्तो भएको बताए । कसैले भनेको भरमा केहि पनि विश्वास नगर्ने उनले वास्तुशास्त्र नै पढी यसको ठाँटी कुरा पत्ता लगाउन सोच बनाइन् । उनी भन्छिन्, ‘सुरुका दिनमा वास्तुशास्त्रप्रति विश्वास नभए पनि यसले मानिसहरुको दैनिकीमा पुर्याउने असरको बारेमा जान्न निकै मन थियो ।

त्यसकारण यसको अध्ययन नै गर्ने सोच बनाएँ । अध्ययनपश्चात् यसको प्रभावको बारेमा थाहा पाउँदा र स्वयंमले भोग्दा म यसप्रति निकै प्रभावित भएँ ।’ कोलकातामा ज्योतिष र वास्तु विशेषज्ञ भएर काम गरेकी उनले नेपाल आएपछि भने आफ्नै व्यापारका कारण यसमा संलग्न हुन नसकेको बताइन् । उनै ज्योतिष र वास्तु विशेषज्ञ सुमा बास्तोलाले रातापाटीलाई वास्तुशास्त्रसँग सम्बन्धित केहि उपयोगी टिप्स दिएकी छिन् ।

१. पढ्दा के गर्ने ? – पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ – यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ । – घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ । – परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने ।

२. घरमा के गर्ने के नगर्ने ? – घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ । – पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला । – पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला । वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ । – दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ । – गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला । – घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ । – हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ । – घरको उत्तर–पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ । – क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् । – ठूला–ठूला बोटहरु रोप्नु छ भने दक्षिणमा रोप्नुहोस् ।

३. आमाबुवासँग छोराछोरीको कुरा नमिलेमाः उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ ।

४. विवाह हुन नसकेको छोरी घरमा भएः – अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ । – यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ ।

 ५. आयमा बढोत्तरीका निम्तिः – घरको मूल व्यक्ति (जसले परिवारको लागि कमाउने गर्दछन्), दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ । – घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।


६. नवविवाहित जोडिको कोठाः – श्रीमान–श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व–दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ ।

 वास्तुशास्त्रसँग विस्तृत रुपमा जानकारी लिन चाहनुहुन्छ भने सुमा बस्तोलालाई ९८४३६८८७९५ मा सम्पर्क गर्न सक्नुहुन्छ

७. सबभन्दा महान् मान्छे


 सबभन्दा महान् मान्छे 
चीनका महानतम दार्शनिक मानिने व्यक्तित्व हुन्– कन्फुसियस । उनी ईसा पूर्व छैटाँँै शताब्दीमा चीनको लु नगरस्थित त्से गाउँमा जन्मेका थिए । एक चोटी राजाले उनलाई सोधे– संसारका सबभन्दा महान् मान्छे को हुन्, कन्फुसियस ? उनले सहजै जवाफ पस्के – हजूर हुनुहुन्छ, महाराज । राजाले पुनः प्रश्न तेस्र्याए– किन होला कन्फुसियस ? उनले जवाफ पस्के– किनभने हजूर सत्यका, ज्ञानका प्यासी । त्यसैले हजुर सबभन्दा महान् मान्छेमा पर्नुहुन्छ ।
टाउको हल्लाउँदै राजाले फेरि सोधे– मभन्दा महान् अरु पनि होलान् नि, कन्फुसियस ? उनले तत्काल जवाफ दिए – हजुरभन्दा महान् मान्छे त मैँ हँु नि, महाराज । किनभने जुन ज्ञानको हजुरमा प्यास छ, त्यो ज्ञान मैले प्राप्त नै गरिसकेको जो छु । अतः हजुरभन्दा महान मैँ हुँ, महाराज । जवाफ सुनेर महाराज एकछिन् रन्थनिए ।
राजाले तुरुन्तै सोध्न भ्याए– त्यसो भए तिमीभन्दा महान् पनि नि त कोही होला नि, कन्फुसियस ?
कन्फुसियसले भनी हाले– किन नहुनु महाराज, मसित आउनुहोस्, मभन्दा महान् मान्छे चिनाइदिन्छु ।
कन्फुसियसले राजालाई एउटा गाउँमा लगे  । त्यस गाउँमा एकजना ८० वर्षका बुढो बटुवाका लागि निस्वार्थ भावले कुवा खनीरहेका थिए । त्यसै बुढोलाई औँल्याएर र कन्फुसियसले राजालाई भने– राजन, ज्ञानको प्यासी भएकाले हजुर सबभन्दा महान् मान्छे, ज्ञान जानेको कारण हजुर भन्दा महान् म र महाराज आफ्नो ज्ञानलाई अरुको सेवामा समर्पण गरी कर्म गरेकाले यी बुढा सबभन्दा महान् ब्यक्ति हुन् । राजाले बल्ल चित्त बुझाए ।
आचार–दर्शनका प्रणेता थिए– कन्फुसियस । उनले आचरणसम्बन्धी तीन सय सिद्धान्त र तीन हजार नियमहरु छाडेर जान भ्याए र, ठूला–ठूला राजकीय पदमा रहेर पनि उनले कुनै भ्रष्टाचार गरेनन् । यहाँसम्म कि, उनले आफ्नो लागि गतिलो बाससमेत बनाएनन् । उनको महानतालाई कदर गर्दै कसैले सोधेका थिए– कन्फुसियस हजुरलाई हामीले कसरी सम्झने त ? एक महात्माको रुपमा वा महान् त्यागीको रुपमा ?

कन्फुसियसले आफ्नो प्रत्युत्पन्नमति प्रगोग गर्दै भने– म अध्ययनबाट कहिल्यै सन्तुष्ट नहुने विद्यार्थी हुँ भने अध्यापनबाट कहिल्यै नथाकिने शिक्षक हुँ ।

६. हिटलर र संगत


 हिटलर र संगत 
मानव इतिहासमा सबैभन्दा क्रूर मान्छेको नाउँ हो– हिटलर । तर, के उनी जन्मजातै त्यस्ता थिए त ? थिएनन् । कुल मिलाएर उनको क्रूरता उनकै संगतको परिणाम भन्न सकिन्छ ।
उनी सन् १८८९ अप्रिल २० मा अस्स्ट्रियाको एउटा सानो गाउँ ब्राउनमा जन्मेका थिए । बाल्यकालमा उनी एउटा धार्मिक आश्रममा बसेका थिए । संगतको परिणामस्वरूप यिनै बेला यिनले सन्त बन्ने सपना बुन्न थालेका थिए । प्राथमिक विद्यालयमा पढ्दा उनी अब्बल दर्जाको विद्यार्थीका रूपमा चिनिन थाले । धर्मशिक्षा मात्र होइन उनले गायन र चित्रकलामा समेत आफ्नो प्रतिभा देखाएका थिए ।
उनका बाबुका नाम थियो– एलोइस जो अत्यन्त कडा मिजासका थिए । बेलाबखत उनी हिटरललाई नराम्ररी गाली गर्नुका साथै पिट्थे पनि । यिनै दुव्र्यवहारका परिणामास्वरूप उनी १३ वर्षकै उमेरमा घर छाडी भागेका थिए । र, उनलाई उनका बाबुले कहिल्यै भेट्टाउन सकेनन् । हिटलर १८ वर्षको हुँदा उनले पैतृक सम्पति हात पारे । यस सम्पत्तिबाट उनी चित्रकला पढ्न चाहन्थे । उनले एकेडेमिज स्कुल अफ पेन्टिङमा प्रवेश परीक्षा दिए तर उनी अनुत्तीर्ण भए । यस घटनाबाट उनी तनावग्रस्त हुन पुगे । त्यसपछि उनी बरालिन थाले । रातभरि सडकमा निस्कनु, फोहोर लुगा लाएर हिँड्नु, जे पायो त्यही खानु, जस्तो पायो त्यस्तैसँग हिँड्नु उनको दिनचर्या बन्यो । यसरी उनको मनमा असन्तोष र विद्रोहको राँको बल्दै गयो । उनले हेरेको रिचर्ड वाग्नरको गिनि ओपेराले उनलाई साँच्चैको विद्रोही बनाइदियो ।

यिनैताका पहिलो विश्वयुद्ध भयो । र, हिटलरले यसैको फाइदा उठाइ सेनामा भर्ना भए । र, आफ्नो असन्तोषलाई उत्तेजक भाषणबाट सबैलाई प्रभावित पार्न सफल भए । सत्ताको उच्चतम ओहोदामा पुगेपछि उनले आफ्नो असन्तोषलाई मूर्त रूप दिन ६० लाख निर्दाेष यहुदीलाई मार्न भ्याए । र, उनी इतिहासकै क्रूरतम शासक सिद्ध भए । यदि उनले वाग्नरको ओपेरा नहेरेको भए, यदि उनले सडकछापहरूसित संगत नगरेको भए उनी असल धर्मगुरु बन्थे । त्यस्तै यदि उनले एकेडेमिज स्कुलमा भर्ना पाएको भए उनको संगत सकारात्मकखालका मान्छेसित हुन्थ्यो । र, क्रूर हिटलरकोे कहिल्यै जन्म हुने थिएन ।