दुवै हात बरोबर चल्नेहरु
यस्तो पनि सुनिन्छ कि नेपोलियन बोनापार्ट दुवै हातले एक साथ लेख्न सक्थे यहाँसम्मन् कि एउटा पत्र प्रेमिकालाई र अर्को आमालाई । यो भनाइ सतप्रतिशत सहीहोस् नहोस् उनी सर्वशक्तिमान बन्नुको पछाडी कुनै रहस्यमही कारणहरू अवश्यछन् । किनभने फ्रान्सको एउटा सानो द्व्रीप कोर्सिकामा जन्मेका यिनी गाँउले बालकले संसार जो हल्लाउन सफल भएका थिए । ती कारण मध्ये एउटा हो दुवै हातले एक साथ लेख्नसक्नु–कतिपय विज्ञानहरूको ठम्याइ यही हो ।
यसकुरालाई पुष्ट्याइँ दिन मस्तिष्क विज्ञानमाथि गौर गरौं । हाम्रो मस्तिष्क दुई गोलार्धमा विभाजित छन् दायाँ र बाँया । दायाँकोे काम भावना, कल्पना, सपना र अन्तर्बोध हो भने बाँया– विचार, तर्क, गणित आदि । अर्को शब्दमा भन्नुपर्दा दायाँ मस्तिष्कमा अपार शक्ति हुन्छ तर तर्क–बुद्धि हुँदैन त्यसकारण यो शक्तिशाली भएर पनि अधुरो छ । त्यस्तै बाँया मस्तिष्कमा शुद्धि–बुद्धि भएर पनि शक्ति हुँदैन अतः यो कमजोर छ । दायाँ हात चलाउँदा बाँया मस्तिष्क प्रायः चल्छ भने बाँया हात चलाउँदा दायाँ मस्तिष्क चल्छ । त्यस्तै दायाँ मस्तिष्कले कलाको प्रतिनिधि गर्छ भने बाँयाले विज्ञानको । अतः यी दुवै मस्तिष्क एक साथ चलेमा अपार शक्ति एवं बुद्धिको जन्म हुने देखिन्छ । त्यसैले कन्फुसियसजस्ता शब्द–प्रधान दार्शनिकले पनि नियमित संगीत–साधना गरी आफ्ना दुवै मस्तिष्क चलाउन भ्याएको देखिन्छ भने आइन्स्टाइन जस्ता गणितज्ञले पनि भ्वाईलिन र कल्पनाको सहारालिई आफ्नो दुवै मस्तिष्क चलाउँदै आएको प्रष्टिन्छ । त्यसैले दुवै मस्तिष्क एक साथ चलाउन दुवै हातले बरोबर काम गर्न सक्ने क्षमताको विकास गरे पुग्ने देखिन्छ ।
यसै प्रसंगमा इतिहासका सबभन्दा बहुमुखि प्रतिभावान् दुई व्यक्ति साक्षी राख्न सकिन्छ, एक हो लिओ नार्दो दा भिन्ची र माइकेल एन्जेलो । दा भिन्ची चित्रकारदेखि मूर्तिकार, कवि, वैज्ञानिक, इन्जिनियर आदि थिए । त्यस्तै उनले संसारकै सबभन्दा प्रसिद्ध चित्र मोनालिसा बनाएका थिए भने माइकेल एन्जेलोले संसारकै सबभन्दा प्रसिद्ध मूर्ति डेभिड बनाउन भ्याएका थिए । उनी मूतिकार, चित्रकार आर्किहेक्ट तथा कविसमेत थिए । यसलाई विज्ञान भनुँ वा संयोग दुवै हातले लेख्न सक्ने क्षमताभएका व्यक्तिहरू, जसलाई अंग्रेजीमा एम्बी डेक्सट्रस भनिन्छ । अतः कलाकारले आफ्नो जीवनमा विज्ञान र वैज्ञानिकले कला जोडेर अत्यन्त महानता हासिल गर्न सक्ने देखियो अर्थात् भाव प्रधान मान्छ्ले आफ्नो जीवनमा बौद्धिक अभ्यास गरेर र बुद्धि–प्रधान मान्छेले आफ्नो जीवनमा भावलाई स्थान दिएर अथवा दुवै हात उत्तिकै चलाउनाले पनि महान प्रतिभा जन्मिने देखियो
No comments:
Post a Comment