Thursday, November 6, 2014

६. हिटलर र संगत


 हिटलर संगत 
मानव इतिहासमा सबैभन्दा क्रूर मान्छेको नाउँ होहिटलर तर, के उनी जन्मजातै त्यस्ता थिए ? थिएनन् कुल मिलाएर उनको क्रूरता उनकै संगतको परिणाम भन्न सकिन्छ
उनी सन् १८८९ अप्रिल २० मा अस्स्ट्रियाको एउटा सानो गाउँ ब्राउनमा जन्मेका थिए बाल्यकालमा उनी एउटा धार्मिक आश्रममा बसेका थिए संगतको परिणामस्वरूप यिनै बेला यिनले सन्त बन्ने सपना बुन्न थालेका थिए प्राथमिक विद्यालयमा पढ्दा उनी अब्बल दर्जाको विद्यार्थीका रूपमा चिनिन थाले धर्मशिक्षा मात्र होइन उनले गायन चित्रकलामा समेत आफ्नो प्रतिभा देखाएका थिए
उनका बाबुका नाम थियोएलोइस जो अत्यन्त कडा मिजासका थिए बेलाबखत उनी हिटरललाई नराम्ररी गाली गर्नुका साथै पिट्थे पनि यिनै दुव्र्यवहारका परिणामास्वरूप उनी १३ वर्षकै उमेरमा घर छाडी भागेका थिए , उनलाई उनका बाबुले कहिल्यै भेट्टाउन सकेनन् हिटलर १८ वर्षको हुँदा उनले पैतृक सम्पति हात पारे यस सम्पत्तिबाट उनी चित्रकला पढ्न चाहन्थे उनले एकेडेमिज स्कुल अफ पेन्टिङमा प्रवेश परीक्षा दिए तर उनी अनुत्तीर्ण भए यस घटनाबाट उनी तनावग्रस्त हुन पुगे त्यसपछि उनी बरालिन थाले रातभरि सडकमा निस्कनु, फोहोर लुगा लाएर हिँड्नु, जे पायो त्यही खानु, जस्तो पायो त्यस्तैसँग हिँड्नु उनको दिनचर्या बन्यो यसरी उनको मनमा असन्तोष विद्रोहको राँको बल्दै गयो उनले हेरेको रिचर्ड वाग्नरको गिनि ओपेराले उनलाई साँच्चैको विद्रोही बनाइदियो

यिनैताका पहिलो विश्वयुद्ध भयो , हिटलरले यसैको फाइदा उठाइ सेनामा भर्ना भए , आफ्नो असन्तोषलाई उत्तेजक भाषणबाट सबैलाई प्रभावित पार्न सफल भए सत्ताको उच्चतम ओहोदामा पुगेपछि उनले आफ्नो असन्तोषलाई मूर्त रूप दिन ६० लाख निर्दाेष यहुदीलाई मार्न भ्याए , उनी इतिहासकै क्रूरतम शासक सिद्ध भए यदि उनले वाग्नरको ओपेरा नहेरेको भए, यदि उनले सडकछापहरूसित संगत नगरेको भए उनी असल धर्मगुरु बन्थे त्यस्तै यदि उनले एकेडेमिज स्कुलमा भर्ना पाएको भए उनको संगत सकारात्मकखालका मान्छेसित हुन्थ्यो , क्रूर हिटलरकोे कहिल्यै जन्म हुने थिएन

No comments:

Post a Comment