Thursday, November 6, 2014

७. सबभन्दा महान् मान्छे


 सबभन्दा महान् मान्छे 
चीनका महानतम दार्शनिक मानिने व्यक्तित्व हुन्कन्फुसियस उनी ईसा पूर्व छैटाँँै शताब्दीमा चीनको लु नगरस्थित त्से गाउँमा जन्मेका थिए एक चोटी राजाले उनलाई सोधेसंसारका सबभन्दा महान् मान्छे को हुन्, कन्फुसियस ? उनले सहजै जवाफ पस्केहजूर हुनुहुन्छ, महाराज राजाले पुनः प्रश्न तेस्र्याएकिन होला कन्फुसियस ? उनले जवाफ पस्केकिनभने हजूर सत्यका, ज्ञानका प्यासी त्यसैले हजुर सबभन्दा महान् मान्छेमा पर्नुहुन्छ
टाउको हल्लाउँदै राजाले फेरि सोधेमभन्दा महान् अरु पनि होलान् नि, कन्फुसियस ? उनले तत्काल जवाफ दिएहजुरभन्दा महान् मान्छे मैँ हँु नि, महाराज किनभने जुन ज्ञानको हजुरमा प्यास , त्यो ज्ञान मैले प्राप्त नै गरिसकेको जो छु अतः हजुरभन्दा महान मैँ हुँ, महाराज जवाफ सुनेर महाराज एकछिन् रन्थनिए
राजाले तुरुन्तै सोध्न भ्याएत्यसो भए तिमीभन्दा महान् पनि नि कोही होला नि, कन्फुसियस ?
कन्फुसियसले भनी हालेकिन नहुनु महाराज, मसित आउनुहोस्, मभन्दा महान् मान्छे चिनाइदिन्छु
कन्फुसियसले राजालाई एउटा गाउँमा लगे  त्यस गाउँमा एकजना ८० वर्षका बुढो बटुवाका लागि निस्वार्थ भावले कुवा खनीरहेका थिए त्यसै बुढोलाई औँल्याएर कन्फुसियसले राजालाई भनेराजन, ज्ञानको प्यासी भएकाले हजुर सबभन्दा महान् मान्छे, ज्ञान जानेको कारण हजुर भन्दा महान् महाराज आफ्नो ज्ञानलाई अरुको सेवामा समर्पण गरी कर्म गरेकाले यी बुढा सबभन्दा महान् ब्यक्ति हुन् राजाले बल्ल चित्त बुझाए
आचारदर्शनका प्रणेता थिएकन्फुसियस उनले आचरणसम्बन्धी तीन सय सिद्धान्त तीन हजार नियमहरु छाडेर जान भ्याए , ठूलाठूला राजकीय पदमा रहेर पनि उनले कुनै भ्रष्टाचार गरेनन् यहाँसम्म कि, उनले आफ्नो लागि गतिलो बाससमेत बनाएनन् उनको महानतालाई कदर गर्दै कसैले सोधेका थिएकन्फुसियस हजुरलाई हामीले कसरी सम्झने ? एक महात्माको रुपमा वा महान् त्यागीको रुपमा ?

कन्फुसियसले आफ्नो प्रत्युत्पन्नमति प्रगोग गर्दै भने अध्ययनबाट कहिल्यै सन्तुष्ट नहुने विद्यार्थी हुँ भने अध्यापनबाट कहिल्यै नथाकिने शिक्षक हुँ

No comments:

Post a Comment